कास्कीमा फरार ८६ जना अभियुक्त पक्राउ, चेक अनादरमा मात्रै ५२ जना

कनु मुद्धामा कति ?

पाेखरा | भदौ ३१, २०८१

कास्कीमा फरार ८६ जना अभियुक्त पक्राउ, चेक अनादरमा मात्रै ५२ जना

पोखरा:   कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
 

 

भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना महिलालाई पक्राउ गरी अदालत बुझाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

 

उनका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।
 

 

उनीहरुबाट ८ वर्ष १० महिना १ दिन कैद सजाय र रु.४६,४२,९०० (छ्यालिस लाख बयालिस हजार नौ सय) जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको उनले बताए ।                                         
 

 

कनु मुद्धामा कति ?

 

१.    चेक अनादार मुद्दामा – ५२ जना

२.    लागू औषध मुद्दामा – ९ जना

३.    चोरी सम्बन्धी मुद्दामा – १ जना

४.    अपहरण तथा शरिर बन्धक मुद्दमा – १ जना

५.    हातहतियार तथा खरखजना मुद्दामा – १ जना

६.    नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा– १ जना

७.    राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा – २ जना

८.    बाल यौन दुरुपयोग मुद्दामा – २ जना

९.    बैंकिङ कसूर मुद्दामा – ६ जना

१०.    अभद्र व्यवहार मुद्दामा – ३ जना

११.    लेनदेन मुद्दामा – ३ जना

१२.    सवारी ज्यान मुद्दामा –२ जना

१३.    जालसाझी मुद्दामा – ३ जना
 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्